जनजाती जनजाती भनेको ती समुदाय हुन् आफ्नो मातृ भाषा, आफ्नो परम्परा र सस्कृति हुन्छ यी समुदाय कुनै पनि हिन्दु वर्ण वा जातीय संरचनमा पर्दैन्नन र यी समुदाय मा ठुलो जात र सानु जात हुदैन यस मध्ये नेपालमा किरातहरु, चिन, भेतनाम, लाओ, थाईलेन्ड, कम्बोडिया, बर्मा, अस्साम, भुटान, मंगोलिया, तिब्बत, ताइवान, फिलिपन, इन्डोनेशिया, मलेसिया, सिंगापुर, कोरिया, जापानहरु एउटै बर्ण र समुदायमा पर्छ। किरातीको इतिहास नखोजिएको, किरातीको इतिहास भेटिएको छैन भनिन्छ । तर खास कुरो– खोजिएको छैन । २९ देखि ३१ पुस्तासम्म शासन गरेको जातिको इतिहास छैन, भेटिँदैन भन्दा आजको पुस्ताले सजिलै किन पत्याइरहेको छ त्यो बरु आश्चर्यको कुरा हो । कुनै पनि विद्वान्ले लेखेको नेपालको इतिहास अहिलेको चारभञ्ज्याङभित्रको खाल्डोबाट सुरु हुन्छ । त्यहाँ पानीको ठूलो दह थियो । गोपाल वंशीहरूलाई दक्षिणबाट कृष्ण भगवान्ले लिएर आए । दहको पानी खोलिदिए । मानिस बस्नयोग्य बनाए । गोपालहरूलाई शासक बनाएर राखिदिए । बस्, इतिहास सुरु भयो । त्यसरी इतिहास लेख्ने प्राय: हिन्दु विद्वान्हरू नै थिए । तर यस क्षेत्रमा बारम्बार जाने गरेको भूकम्पतर्फ ती ...